Logo

दुई सञ्चारकर्मी १२ घण्टापछि आइसोलेशनमा



जीतपुर, ९ जेठ : कपिलवस्तुमा कोरोना संक्रमण पुष्टि भएका दुई सञ्चारकर्मीलाई करीब १२ घण्टापछि आज बेलुका मात्र आइसोलेशनमा लगिएको छ । कोरोना संक्रमित सञ्चारकर्मीको अवस्थाका बारेमा राससबाट समाचार प्रकाशन भएको केही समयमै वाणगङ्गा नगरपालिकाका एक सञ्चारकर्मीलाई राति करीब ८ः३० मा एम्बुलेन्समा राखी जिल्लाको माहुरी होममा निर्माण गरिएको आइसोलेशनमा लगिएको छ ।

सङ्क्रमितसँग सम्पर्कमा आएकाको छिट्टै कोरोना परीक्षण गरिने भएको छ । एक सञ्चारकर्मीको सम्पर्कमा रहेका भनिएका बुद्ध आवाज सञ्चारगृहसँग सम्बन्धित आठ पत्रकार आज नै सेल्फ क्वारेन्टिनमा बसिसकेका छन् जसमा राससका समाचारदाता पनि रहेका छन् । तिनले क्वारेन्टिनमै बसेर समाचार सम्प्रेषण गरिरहेको जनाइएको छ । सङ्क्रमित दुई सञ्चारकर्मीलाई स्वास्थ्यकर्मीको निगरानीमा रााखिएको छ । उनीहरु दुवैको स्वास्थ्यावस्था सामान्य छ ।

बाणगंगा नगरपालिकाले आवश्यक पूर्वतयारी नगर्दा ढिलाइ भएको नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले जानकारी दिनुभयो ।रासस File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot