Logo

भ्याक्सिन विकासमा सफल हुँदै गएपछि बायोटेक कम्पनिको शेयर मुल्य ह्वात्तै बढ्यो



एजेन्सी, १० जेठ । कोरोना भाइरसको भ्याक्सिन विकासमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै गएको खबरपछि अमेरिकाको बायोटेक कम्पनितर्फ विश्वको ध्यान गएको छ । कम्पनिमा शेयर लगानी गर्ने होडवाजी नै चलेको छ ।

सीएनएनका अनुसार उक्त कम्पनिको शेयर मुल्य ३० प्रतिशत वृद्धि भएको छ । सोमबार र मङ्गलबार गरी मोर्डना कम्पनिले ३ करोड डलरको शेयर विक्री गरेको छ ।

विश्वभर कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासको प्रतिष्पर्धा चलिरहँदा मोर्डना मुख्य प्रतिष्पर्धी देखिएको छ । विश्वका एक सयभन्दा बढी प्रयोगशाला यसको विकासमा सक्रिय भएका छन् । अरबौं डलर खर्च भइरहेको छ । भ्याक्सिन विकासका जानकार वैज्ञानिकहरु अहोरात्र खटिइरहेका छन् । जसले सकारात्मक सम्भावनाहरु देखाइरहेको छ ।

अमोर्डना कम्पनिले गरिरहेको परीक्षणले नतिजा दिने देखाउँदैछ । प्रारम्भिक परिणाम अनुसार कोभिड १९ को परीक्षणको भ्याक्सिनले सकारात्मक नतिजा दिएको हो ।

अमेरिकाको बायोटेक कम्पनि मोर्डनाले त्यहाँको नेस्नल इन्स्टिच्युट अफ हेल्थसँग मिलेर कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण गरिरहेको छ । भविष्यमा अध्ययन राम्ररी बढेमा सन् २०२१ को जनवरी अगावै भ्याक्सिन सार्वजनिक रुपमा उपलब्ध हुनेछ । यसको लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । त्यस अगाडि भ्याक्सिनको सबै चरणको परीक्षण सफल हुनुपर्नेछ ।

प्रारम्भिक तथ्यांक अनुसार मोर्डनाले पहिलो चरणको क्लिनिकल परीक्षणबाट थोरै मानिसलाई लिएर भ्याक्सिन सुरक्षित र रोगप्रतिरोधात्मक क्षमताको प्रतिक्रिया प्राप्त गर्ने अध्ययन गरेको थियो । परीक्षणले भ्याक्सिनलाई रोक्ने पाइएको मोर्डनाका प्रमुख जाक्सले बताएका छन् । रिसर्चरहरु निकै उत्साही भएका छन् ।

अब मोर्डनाले दोस्रो चरणको परीक्षण शुरु गर्ने छ । तेस्रो चरणको परीक्षण जुलाईमा हुनेछ । जसमा हजारौं मानिसहरुमा परीक्षण हुनेछ । कोभिड १९ रोकथाममा सफलता हासिल हुनुका साथै मानिसको स्वास्थ्यलाई नकारात्मक असर नगरेमा यसको सार्वजनिक प्रयोग शुरु गरिनेछ ।

यसैगरी, रुस, भारत, चीन, इजरायल, बेलायत, अष्ट्रेलियालगायतका मुलुकका कम्पनिहरु पनि भ्याक्सिन विकासमा जुटिरहेका छन् । सबैले सफलताको संकेत गरेका छन् । विश्वका चर्चित विश्वविद्यालयहरु पनि भ्याक्सिनको विकासमा लागेका छन् । तर, अक्सफोर्ड विश्वविद्यालय भ्याक्सिन विकासमा असफल भएको छ ।



प्रतिक्रिया दिनुहोस्