Logo

भारतीयको आक्रमणबाट सशस्त्रका हवल्दार घाइते



झापा, जेठ १० । जिल्लाका सीमा क्षेत्रमा भारतीयको आक्रमण बढ्न थालेको छ । नेपाली भूमिमा लगाएको खेति थन्काउने बाहानामा झुण्ड झुण्डमा आएका भारतीयहरुले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि आक्रमण गर्दै आएका छन्।

नेपाली भूमिमा प्रवेश गर्न खोजेपछि शुक्रबार मध्यान्ह्मा सशस्त्र प्रहरीका हवल्दार शंकर चौधरीमाथि भारतीयले आक्रमण गरेका छन्। कचनकवल गाउँपालिका घेराबारी नजिकैको १२२ नम्बर पिल्लर छेउको अस्थायी पोष्टमा बसेका प्रहरी हवल्दारमाथि भारतीयले आक्रमण गरेका हुन्।

सीमा क्षेत्रको नेपाली भूमिमा घाँस काट्ने बाहानामा छिर्न खोजेका भारतीयलाई सशस्त्रको टोलीले रोक्न खोज्दा सुरुमा मुखमुखै लागे । त्यसपछि तत्कालै ३०, ४० जनाको झुण्ड आएर आक्रमण प्रयास गरेको आजको अन्नपूर्ण पोष्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्