Logo

कर्णाली करिडोर निर्माण छिचलियो च्याछरा भीर



काठमाडौँ, १० जेठ । कर्णाली करिडोरको निकै असजिलो खण्डमा पर्ने च्याछरा भीरको प्रारम्भिक ट्रयाक खोल्ने कार्य चार वर्षमा पूरा भएको छ ।

निर्माण कम्पनीले तोकिएको अवधिमा काम सुरु गरे पनि पटक पटक प्राविधिक कठिनाइले काम रोकिएको थियो । अहिले बन्दाबन्दीमा काम नियमित गरिँदा कडा चट्टानी भागमा ट्रयाक खोल्ने कार्य पूरा गरिएको छ । निर्माण कम्पनी सपना धुलिखेल जेभीका प्रतिनिधि तेजबहादुर महतले असजिलो र चट्टानी भागमा विष्फोट गरेर सडकको प्रारम्भिक ट्रयाक खोल्ने कार्य सम्पन्न भएपछि अन्तिम छेउसम्म मेसिन ल्याई सम्याउने कार्य मात्र बाँकी रहेको बताएका छन् ।

उक्त भीर चार सय मिटर लम्बाइको छ । हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख सशांक मिश्रले च्याछरा खण्डको भीर फुटाउने कार्य पूरा भएसँगै प्रारम्भिक ट्रयाक खोल्ने कार्य सम्पन्न भएको बताएका छन् । अब आगामी असार मसान्तसम्म उक्त खण्डमा गाडी गुड्ने आयोजनाले जनाएको छ । चार वर्ष अगाडि निर्माण सुरु भए पनि विस्फोटक पदार्थको अभावले दुई वर्ष केही काम मात्र भएको थियो । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्