Logo

बजेट आन्तरिक विद्युत् खपत बढाउन केन्द्रित रहनुपर्ने



काठमाडौँ, १० जेठ । सरकार तथा निजी क्षेत्रबाट हाल निर्माणाधीन जलविद्युत् आयोजनाको स्थिति हेर्ने हो भने आगामी दुई वर्षभित्र नेपालमा सात हजार मेगावाटभन्दा बढीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

उत्पादित बिजुली भारत, बङ्गलादेशसम्म बिक्री गर्नसके विदेशी मुद्रा कमाइ हुने तर्क पनि गरिने गरिएको छ भने अर्कोतर्फ नेपालको बिजुली अन्य मुलुकमा बिक्रीभन्दा पनि देशभित्रै औद्योगिकीकरण गर्दै आन्तरिक खपत बढाउन सके मुलुकको आर्थिक विकासले फड्को मार्ने तर्क पनि उत्तिकै बलियो रूपमा आउने गरेको छ ।

आगामी आर्थिक वर्षका लागि बजेट निर्माण भइरहेका बेला जलविद्युत्मा निजी क्षेत्रले भने बाह्य मुलुकसँग बिक्री गर्नेभन्दा पनि आन्तरिक रूपमा बिजुलीको खपत बढाउँदै देशलाई समृद्ध बनाउने आधार अहिलेबाटै नै सुरु गर्नुपर्ने धारणा राखेका छन् । जलविद्युत्मा निजी क्षेत्रका प्रवद्र्धकहरूको संस्था इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले भने, “आगामी दुई वर्षभित्र उत्पादन हुने बिजुली खपतका लागि अहिलेदेखि नै हामीले काम थालनी गर्न सक्नुपर्छ । विद्युतीय सवारीसाधनको खरिद तथा प्रयोगलाई आगामी वर्षको बजेटबाट नै सुरु गरिनुपर्छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot