Logo

महासेनानीसहित पाँच जनामाथि कारबाहीको फैसला



काठमाडौं, जेठ १० । नेपाली सेनाका तीन सैनिक अधिकृतसहित पाँच जना कर्मचारी सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा कारबाहीमा परेका छन् ।

समरी जनरल सैनिक अदालतको गत मंगलबारको निर्णयअनुसार श्री सैनिक आवासीय महाविद्यालय भक्तपुरमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको अभियोगमा उनीहरुउपर सैनिक ऐन २०६३ बमोजिम कारबाहीको फैसला भएको हो । सो प्रकरणमा मुछिएका अन्य १३ जनाले भने सफाइ पाएका छन् ।

जसअनुसार महासेनानी भुपालमान अधिकारीले महाविद्यालयमा सम्पर्क अधिकृत रहँदा आर्थिक अनियमितता गरेकाले भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी दुई महिना कैद गर्न र सेवाबाट हटाउन आदेश भएको शैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot