Logo

अतिक्रमित भूमि फर्काउन राष्ट्रिय एकता



काठमाडौं, जेठ १० । सत्ता पक्ष र प्रतिपक्षबीच दूरी बढिरहेका बेला लिम्पियाधुरा, लिपुलेक र कालापानीको सीमा विवादले फेरि एकपटक दुवै शक्तिलाई एकै ठाउँमा उभ्याएको छ । अतिक्रमण भूमि फिर्ता लिन सत्ता पक्ष नेकपा र प्रतिपक्ष कांग्रेस एकै ठाउँमा उभिएका हुन् ।

भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर सरकारले नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि सत्ता पक्ष र प्रतिपक्ष सीमाका सवालमा एक ठाउँमा उभिएका छन् । गत मंगलबार मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा पारित गरेको थियो भने बुधबार मात्रै भूमिसुधारमन्त्री पद्मा अर्यालले सो नक्सा सार्वजनिक गरेकी थिइन् ।

त्यसयता भारतीय सञ्चार माध्यमसहित देश–विदेशमा नेपालले जारी गरेको नयाँ नक्साका विषयमा बहस जारी रहेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot