Logo

भक्तपुरकी कोरोना संक्रमित महिला जनप्रतिनिधि रहेको खुलासा



काठमाडौं, जेठ १० । शुक्रबार पुष्टि भएकी भक्तपुरकी कोरोना संक्रमित भक्तपुर नगरपालिकाको महिला सदस्य रहेको खुलेको छ ।भक्तपुर नगरपालिकाले जनप्रतिनिधि, सफाई कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ती महिलामा संक्रमण फेला परेको हो।

स्वास्थ्य मन्त्रालयले शुक्रवार पुष्टी गरेका ९ जना मध्य एक जना ४२ बर्षीय कोरोना संक्रमित भक्तपुर नगरपालिका वडा नम्वर ९ का महिला सदस्य रहेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुष्टि गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्