Logo

पत्रकारकी श्रीमतीलाई समेत कोरोना भएको पुष्टि



वीरगञ्ज, जेठ १० । बारामा एक जना पत्रकारकी श्रीमतीलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार बिहान स्वास्थ्य मन्त्रालयले जारी गरेको ३२ जना संक्रमितको सूचिमा रहेकी करैयामाई गाउँपालिकाकी ३७ वर्षीया एक महिला पत्रकारकी श्रीमती भएको खुल्न आएको छ ।
उनको ठेगाना बाराको करैयामाई गाउँपालिका बताइएको छ । यो संगै बारामा कोरोना संक्रमितहरुको सँख्या १२ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot