Logo

भारतले १२ बुँदे सम्झौताको ‘कोर्स-करेक्शन’ गर्नुपर्छ, ज्ञानेन्द्र राजा बन्छन् ! : घिमिरे (भिडिओसहित)



काठमाडौं, १० जेठ । बरिष्ठ पत्रकार युवराज घिमिरेले नेपाल र भारत सम्बन्धमा दुवै देशमा शान्ति हुँदा, समृद्ध हुँदा र सम्बन्ध राम्रो हुँदा दुवै देशलाई फाईदा हुने मान्यता रहेको स्पष्ट पारेका छन् । उनले भने-‘भारत र नेपालबीचको सम्बन्धमा त्यो मान्यता हो, मौलिक छ । तर, त्यसमा के हुन्छ भने विभिन्न प्रकरणले, घट्नाक्रमले छिमेकीका बीचमा एक प्रकारले टसल हुनेगर्छ, त्यो पहिले पनि हुने गरेको थियो । अहिलेपनि भाको छ । जहाँसम्म सञ्चारको युद्ध छ, भारत धेरै विशाल देश हो । धेरै सञ्चारमाध्यम छन् । हामी के भन्दाखेरि दुई तीन वटा सञ्चारमाध्यमका प्रस्तुतिलाई लिएर भारतीय सञ्चार माध्यमलाई गाली गर्दैछौं । मलाई अप्ठ्यारो कहाँ हुन्छ भने म आफूलाई भारतीय सञ्चारमाध्यमको पनि पार्ट मान्छु, किनकी मेरो तालिम त्यहाँ भयो, मैले काम त्यहाँ गरें । केही रिकग्निशन पाएँ । मैले त्यहाँ जानेका मान्यताहरु यहाँ लागु गराउँदैछु । र, हामी लडिरहेका छैनौं कसैसँग । पत्रकारिताको एउटा धर्म हो, तथ्य र सत्य अगाडि ल्याउने हो । घट्नाक्रमलाई मर्यादित तवरले प्रस्तुति गर्ने हाम्रो जिम्मा हो । तर, एउटा कुरा के हो भने जब मुलुकको माटो, सिमाना, राष्टिय स्वार्थका कुराहरु आउँछन्, त्यसमा एउटा ईमोशनल रेस्पोन्स पनि मिडियाले देखाउँछ । तर, मैले खाली के भन्न खोजेको हो भने ईण्डियामा तीन चार वटा टिभी माध्यमलाई त्यहाँको प्रतिनिधि सञ्चार माध्यम मानेर हामीले पनि रियाक्ट गर्नुहुँदैन् । तर, हामीले तथ्य र सत्यबाट डाईभर्ट भएर घट्नालाई प्रस्तुत गर्नुहुँदैन् ।’

शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पत्रकार घिमिरेले यस्तो बताएका हुन् । भारतीय मिडिया वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा खनिनुको कारणबारे घिमिरे यसो भन्छन्,’एउटा चाहीँ बोर्डर, मैले अघि नै भनें कि ईमोशनल आस्पेक्ट्स आउँछन्, त्यसमा दुवै देशका नागरिकहरुले, सञ्चारले पनि देशको तर्फबाट पोजिशन दिने गरेको एउटा हामीले देखेका छौं । नेपालले सिमा विवादको बारेमा आफ्नो अडान राख्दा आलोचना हुँदैमा आँत्तिनुहुँदैन् ।’

भारत अहिले नेपालसँग रिसाउनुको कारण वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दा भारतको राष्टिय प्रतिकप्रति अपमानजक टिप्पणी गर्नु भएको भन्ने कुरापनि भारतीय पक्षले बताउने गरेको घिमिरेको बुझाई छ । प्रधानमन्त्री ओलीले चीन र ईटालीबाट आएको भाइरस नरम तर भारतबाट आएको भाइरस कडा भनेर बोलेको कुरामा आफूले पनि आलोचना गरेको घिमिरेको भनाई छ ।

भारतसँगको सिमा विवादको सवालमा घिमिरेले भने-‘नेपालले लामो समयसम्म ती क्षेत्रलाई आफ्नो नक्सामा राखेन । तर, अहिले राखिसकेपछि त्यसको दुई वटा अर्थ लाग्छ, एउटा अर्थ के लाग्छ भने नेपालले आफ्नो सिमालाई, नक्सालाई अपडेट गर्यो र यसअघि छुटेका भूमिहरुलाई उसले त्यहाँ राख्यो । र, यो मुलुकमा आम विद्यार्थीदेखि आम नागरिकको लागि यो हाम्रो भूमि हो । हामीले त्यहाँ राखेको छ । हाम्रो नक्सामा । अर्को, अन्तर्राष्टिय जगतलाई पनि के हो भने, भारतले मात्रै त्यो नक्सा राख्दा भारतीय भूमिजस्तो देखियो । यो विवादित भूमि हो । भारतसँग कारोबार गर्दा तपाईहरु सचेत हुनुहोस भनेर ईन्फर्म गर्ने कुरा पनि हो । तर, यसले केही असवाधानीहरु बाहिर ल्याएको छ ।’

उनले भारतले १२ बुँदे सम्झौताको कोर्स करेक्सन गर्नुपर्ने बताएका छन् । भोलि भारतीय नेताहरु करण सिंह र श्यामशरण नेपाल आएर तपाईहरुले यसो भन्नुभएको होईन भनेर भनिदिए भने के हुन्छ ? नेपालका नेताहरुको हालत ? उनले भने,’१२ बुँदे सम्झौतामा हस्ताक्षर गर्ने गिरिजाप्रसाद कोइरालाबाहेक अरु सबै जिउँदै छन् । नेपाल भारत सम्बन्ध सुमधुर बनाउको लागि भारतले आफैं कोर्स करेक्सन गर्नुपर्छ । नेपालको आन्तरिक नीतिमा हामीले एकदमै अन्यायपूर्ण तरिकाले नेपाली जनताको सार्वभौम अधिकार क्षेत्र मिचेर परिवर्तन ल्यायौं, त्यसले गर्दा हामीले सुधार गर्नुपर्छ भनेर उ पक्कैपनि ब्याक हुनुपर्छ । नेपालमा दश जना मान्छे आउँदा चीनले गरेको भनेर भय गर्छ, त्यो भयबाट मुक्त हुनको लागि पनि कोर्स करेक्सन गर्नुपर्छ ।’

घिमिरेले नेपाली जनताले राजसंस्थालाई नफ्याँकेको दाबी गरे । उनले भने,’नेपालको राजसंस्था भारतको उक्साहटमा नेपालका ८ नेताहरुले फ्याँकेका हुन् । भारत ब्याक आउनासाथ नेपाली जनताले आफ्नो फैसला गर्छन् । भारतले राजसंस्थालाई समर्थन गर्यो भने पूर्वराजा ज्ञानेन्द्र शाह राजा बन्ने सम्भावना छ । यी नेताहरुले जतिसुकै भारतलाई गाली गरेपनि उनीहरुको पछाडिको शक्ति भारत नै हो ।’ नेपालमा गणतन्त्र र संघीयता ल्याउने र राजसंस्था फाल्ने मूल शक्ति नै भारत भएको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot