Logo

पहिलो महिला न्यायाधीश सिंहको निधन



काठमाडौँ, १० जेठ : सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंह ‘शिलु’को ८६ वर्षको उमेरमा निधन भएको छ ।

ब्रेन ह्मरेजको शल्यक्रियापछि मेडिसिटी अस्पताल नख्खुमा उपचार गरिरहनुभएकी उहाँको शुक्रबार असामयिक निधन भएको हो । उहाँका भतिज प्रदीपलाल श्रेष्ठका अनुसार उहाँको ब्रेन ह्मरेजको शल्यक्रिया एकहप्ताअघि सफलतापूर्वक सम्पन्न भएको थियो ।

सर्वोच्च अदालतमा विसं २०५८ देखि २०६३ सालसम्म न्यायाधीशका रुपमा काम गर्नुभएकी उहाँ न्यायालयको इतिहासमा पहिलो महिला न्यायाधीश हुनुहुन्थ्यो । उहाँका भतिजका अनुसार आज उहाँको अन्तिम संस्कार गर्ने तयारी भइरहेको छ ।

उहाँको दुई छोरा मलखलाल श्रेष्ठ र सितुलाल श्रेष्ठ हुनुहुन्छ । जेठा छोरा मलखलाल जर्मनमा रहेको हुनाले आउन सक्ने सम्भावना हुन्छ कि भनेर एक दिन पर्खिए पनि आउन सम्भव नभएकाले अन्तिम संस्कार गर्न ढिला भएको हो ।रासस File Photo



प्रतिक्रिया दिनुहोस्