Logo

भीम रावल र प्रदीप ज्ञवालीलाई किन नेकपा सचिवालय बैठकमा बोलाइयो



काठमाडौं, १० जेठ । नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकमा स्थायी कमिटि सदस्यहरु भीम रावल र प्रदीप ज्ञवाली पनि डाकिएका छन् । अपरान्ह चलेको बैठकमा एमसीसीबारे छलफल हुने भएपछि बैठक बोलाइएको हो ।

एमसीसीबारे नेकपाभित्र विवाद अझै समाधान भएको छैन । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी संसदबाट पारित गर्नुपर्ने पक्षमा छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल संशोधनसहित पारित गर्नुपर्ने पक्षमा छन् ।

यसअघि कमिटि बनाएर एमसीसीबारे अध्ययन गरी प्रतिवेदन बुझाइएकोमा संशोधनविना पारित गर्न नहुने उल्लेख थियो । जसमा कमिटिका सदस्य परराष्ट्रमन्त्री समेत रहेका स्थायी कमिटि सदस्य प्रदीप ज्ञवालीले फरक मत राखेका थिए ।

कमिटिका अर्का सदस्य भीम रावल एमसीसी संशोधन विना पारित गर्न नहुने पक्षमा छन् । उनी पछिल्लो समय राष्ट्रिय स्वार्थको सवाल भन्दै खरो रुपमा प्रस्तुत हुँदै आएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्