Logo

मुख्यमन्त्री गुरुङद्वारा प्रदेशसभा सदस्य बरालको स्वास्थ्य अवस्थाबारे जानकारी



पोखरा, १० जेठ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेशसभा सदस्य रामजी बरालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्टरनल हर्नियामा समस्या भएपछि तीन दिनअघि शल्यक्रिया गराएर उपचाररत बराललाई मुख्यमन्त्री गुरुङले प्रतिष्ठानको पोष्ट अपरेटिभ वार्डमै पुगेर स्वास्थ्य अवस्था जानकारी लिनुभएको हो ।

बरालका माइला छोरा सुजन बरालले मुख्यमन्त्री गुरुङलाई उपचारका सम्बन्धमा जानकारी गराउनुभएको थियो । मुख्यमन्त्री गुरुङले प्रदेशसभा सदस्य बरालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मनोबल उच्च बनाउँदै चिकित्सकको सल्लाहअनुसार खानपिन र हिँडडुललाई निरन्तरता दिन सल्लाह दिनुभयो । प्रदेशसभा सदस्य बरालको स्वास्थ्यमा क्रमिक सुधार आएको प्रतिष्ठानका उपकुलपति डा बुद्धिबहादुर थापाले जानकारी दिनुभयो । रासस File Photo



प्रतिक्रिया दिनुहोस्