Logo

कोरोना संक्रमित व्यक्तिका लागि छुट्टै एम्बुलेन्स परिचालनको तयारी



सुर्खेत, १० जेठ : कर्णाली प्रदेश सरकारले ‘कोभिड–१९’ का सङ्क्रमित व्यक्तिलाई अस्पताल पु¥याउने छुट्टै ‘कोभिड–१९’ एम्बुलेन्स परिचालनको तयारी गर्ने निर्णय गरेको छ ।

सङ्क्रमित व्यक्तिलाई क्वारेन्टिनबाट तोकिएको आइसोलेशन वा अस्पतालमा पु¥याउन जिल्लामा भएका एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने र त्यस्तो एम्बुलेन्सलाई ‘कोभिड–१९’ को दृष्टिकोणले सुरक्षित बनाउने बनाउने निर्णय भएको प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिनुभयो ।

“कोभिड–१९ का सङ्क्रमित व्यक्तिलाई सम्बन्धित जिल्लाकै आइसोलेशनमा राख्ने, मनोसामाजिक परामर्श सेवा प्रदान गर्नुका साथै उपचारको प्रबन्ध मिलाउँदैछौँ,” मन्त्री रावलले भन्नुभयो, “रिफरल केसलाई मात्र विशिष्टिकृत अस्पतालमा पठाउने निर्णय गरिएको छ ।”

बैठकले डोल्पाको शे–फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसुङ गाउँपालिकाबाट भौगोलिक विकटताका कारण निर्धारित समयभित्र सङ्कलन गरिएको स्वाब परीक्षण प्रयोगशालामा पु¥याउन नसकिने भएको समस्या देखाउँदै सङ्कलित स्वाब प्रयोगशालासम्म पु¥याउन नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्नुपर्ने अनिवार्यताका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

त्यसैगरी निर्माणजन्य, खाद्य तथा कृषि र पशुजन्य सामग्री प्रयाप्त सुरक्षा प्रत्याभूति गरेर मात्र ढुवानी प्रबन्ध गर्ने, जोखिमयुक्त क्षेत्रबाट आउने सामग्री पूर्ण बन्देज गरी निर्माण र खाद्य सामग्री उद्योग वा कलकारखानाबाट सोझै सवारी साधनमा लोड हुने प्रबन्ध मिलाउने, प्रदेशको प्रवेश बिन्दुमा अनिवार्यरुपमा निसङ्क्रमण गर्नुपर्ने, सामग्रीको गन्तव्य स्थलको स्थानीय उद्योग वाणिज्य क्षेत्रको प्रतिनिधिमूलक संस्थाले त्यसरी आगमन हुने सवारी साधनको सुरक्षा र सामग्रीको सुरक्षित भण्डारणमा ध्यान दिनेसमेत निर्णय भएको जनाइएको छ । रासस File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot