Logo

‘भारतीय सैनिक कालापानीबाट फिर्ता हुनुपर्छ’



काठमाडौं, ११ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा नेपालको निर्वाध हक स्थापित हुनुपर्ने बताएको छ । उसले भारतीय सैनिक कालापानीबाट फिर्ता हुनुपर्ने पनि मत राखेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभपाति शेरबहादुर देउवालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा हस्तान्तरण गर्दै गरेको तस्विर राखेर यस्तो स्प्ष्ट पारेका हुन् ।

उनले ट्विटरमार्फत लेखेका छन्,”प्रश्न जब राष्ट्रियताको आउँछ,हामी प्रष्ट र दृढ ढंगले सरकारको साथमा हुन्छौं ! नेपालको नक्सा ग्रहण गरिरहंदा हाम्रो प्रष्ट मत छ- भारतीय सैनिक कालापानीबाट फिर्ता हुनुपर्छ l लिपुलेक,लिम्पियाधुरा र कालापानीमा नेपालको निर्वाध हक स्थापित हुनुपर्छ l जय नेपाल !!”



प्रतिक्रिया दिनुहोस्

Screenshot