काठमाडौं, ११ जेठ । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले शक्ति संघर्षको निर्णायक लडाईँ नेपालको डाँडाकाँडामा नभई दिल्लीको बैठकमा लडिएको भन्दै प्रश्न उठाएका छन् । ‘नेपाल भारतबीच सिमा विवाद चुलिइरहँदा उनले लियो रोजको भनाई उदृत गर्दै दोष कस्को ?’ भनी प्रश्न गरेका छन् ।
लियो रोजले ‘नेपालः स्ट्राटिजी फर सरभाइभल’ मा शक्ति संघर्षको निर्णायक लडाईं नेपालको डाँडाकाँडामा होइन, ‘दिल्लीका बैठकमा लडिएको थिए । भनी लेखेका थिए । मिश्रले ट्वीटर पेजमा प्रश्न गरेका छन्, ‘५० वर्ष अघिको टिप्पणी । अनि दोष कसको ?’
पछिल्लो समय भारतविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओली कडा रुपमा प्रस्तुत भएपछि उत्पन्न परिस्थितिमा विभिन्न टिकाटिप्पणी भइरहँदा मिश्रहको भनाई आएको हो ।