एजेन्सी ११ जेठ । चीन र भारतबीच तनाव बढ्दै गएको छ । विशेषगरी सीमा सीमा क्षेत्रको विवाद बढेको हो ।
चीनले आफ्नो प्रभावित क्षेत्र प्यांगगोंग त्सोमा गतिविधि तीब्र पारेपछि विवाद बढेको हो । यस विवादित क्षेत्रको अवलोकन गर्न भारतीय सेना प्रमुख नरवाणे शुक्रबार लदाख पुगे । उनी लदाख पुग्नुलाई अर्थपूण मानिएको छ ।
मे ५ मा उक्त क्षेत्रमा चिनियाँ सेना र भारतीय सेनाबीच भएको द्वन्द्वले दुवै देशबीचको माहौल तताएको छ । चिनियाँ शैनिक भारतीय प्रभावित क्षेत्रमा घुसेको र गतिविधि तीब्र गरेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ । चिनियाँ सेनाले तीनवटा क्षेत्रमा आफ्नो गतिविधि बढाएको जनाइएको छ ।
त्यहाँका स्थानीय सेनाले दूई देशबीचका सेनासंग वार्ता समेत गरेका थिए । तर, प्यांगगोंग त्सो क्षेत्रको ८० किमीको विवाद भने कायमैं रहेको छ । ८० कि. मीबीचका विवादास्पद क्षेत्रका करिब २० किमीमा चिनले आफ्नो ५० देखि १०० वटा शैनिक तैनाथ गरेको छ । भारतले समेत आफ्नो सैनिक संख्यामा वृद्वी गरेको जनाइएको छ । दुवै देशबीच ठूलो विवाद उत्पन्न हुने खतराले भारतीय सैनिक सैयम अपनाएको जनाइएको छ । दुवै देशबीचको मुद्दा छिट्टै समाधान हुने जनाइएको छ ।भारतले समेत उक्त क्षेत्रमा आफ्नो सैन्य गतिविधि तीब्र गरेको छ । साथै चिनियाँ पट्रोलिङमाथि समेत नजर राखिरहेको छ । Photo Source : The Economic Times