Logo

कमल थापा भन्छन् : नेताहरुको घरघरमा नक्सा पुऱ्याउँदै हिँड्ने काम ‘सस्तो लोकप्रियतावादी’



काठमाडौं, ११ जेठ । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्याललाई नेताहरुको घरघरमा नक्सा पुर्याउँदै हिँडेकोलाई सस्तो लोकप्रियतावादी कामको संज्ञा दिएका छन् । उनले तत्काल यो काम छोड्नसमेत आग्रह गरेका छन् । नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरेर यही जेठ ७ गते अद्यावधिक नयाँ नक्सा सार्वजनिक गरेको थियो । र, सो नक्सा मन्त्री अर्यालले शीर्ष नेताहरुलाई भेटेर बुझाईरहेकी छिन् ।

उनले ट्विटरमार्फत यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गरेर गरेको टिव्टमा थापाले काम नभएका मन्त्रीहरुलाई कोभिड १९ नियन्त्रणको जिल्लागत जिम्मेवारी दिएर खटाउनसमेत आग्रह गरेका छन् । ‘थापाले लेखेका छन्,’नेताहरुको घरघरमा नक्सा पुऱ्याउंदै हिडने ‘सस्तो लोकप्रियतावादी’ काम छोडनोस्। सार्थक कुटनीतिक वार्ताको तयारीका साथै अतिक्रमित भूमी फिर्तालिनेवारे गंभीर गृहकार्यमा लाग्न सरकारको ध्यान जाओस्।काम नभएका मन्त्रीजीहरुलाई कोभिड-१९ नियन्त्रणको जिल्लागत जिम्मेवारी दिएर खटाउनुहोस् @PM_Nepal ‘



प्रतिक्रिया दिनुहोस्