Logo

अदालतमा हस्तक्षेप नगर्ने हो भने अहिलेका मुस्लिम आयोगका अध्यक्ष जेल जानुहुन्छ, त्यसमा द्धिविधै छैन् : ताज मोहम्मद मियाँ (भिडिओसहित)



काठमाडौं, ११ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता ताज मोहम्मद मियाँले मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई आफूले नेता नमान्ने बताएका छन् । उनले भने-“उहाँलाई कसले र कसरी आयोगको अध्यक्ष बनाए ? मलाई थाहा छैन् । म सिर्फ यति जान्दछु की उहाँ नेपाल र नेपालीहरुको ज्वाँई हो । म उहाँलाई ज्वाँईको रुपमा बुझ्छु । उहाँको घर कहाँ हो ? के हो ? सबै कुरा छ । उहाँ भारतमा जन्मिएको हो । कसले आयोगको अध्यक्ष बनायो ? त्यो गएर सोध्नु न । जब हामीले सम्माननीय प्रधानमन्त्री, यो पार्टी एकीकरण नहुँदै हामी हाम्रो संगठनको नेतृत्वमा संगठनको नेता शेराज अहमद फारुकी, जुनेद अन्सारी, म लगायत १० १२ जनाले पार्टी अध्यक्षलाई भेट्यौं । हामीले के भनेका थियौैं भने, अझ मैलेपनि होईन हाम्रा माननीय जुनेद अन्सारीले हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई के भन्नुभयो भने उहाँ चाहीँ लैनचौरबाट सञ्चालित व्यक्ति हो । तपाईहरुले पार्टीमा ल्याउनुभयो, तपाईहरुले उहाँलाई केही दिएर हुन्छ कि के गरेर हुन्छ ? उहाँसँग चाहीँ दश कोश टाढा बस्नुहोस भनेर भनेको हो । तर, हाम्रो कुरा सुनुवाई भएन त हामी के गरौं ? त्यो त हेर्नुहोस न योभन्दा अघिका भारतीय राजदूत पुरीलाई आफ्नो घरमा लगेर प्रत्येक हप्ता भोज खुवाईरहने व्यक्ति, प्रत्येक दुई तीन दिनमा एम्बेसी धाउने मान्छे, त्यस्तो व्यक्ति बालुवाटारमा छिरेपछि सम्पूर्ण ईन्फरमेशन बाहिर जान्छ कि जाँदैन् ? त्यो आधारमा त्यतिवेलै जुनेद अन्सारीले उहाँलाई टाढा राख्नुहोस भन्नुभएको थियो । प्रधानमन्त्रीले किन मान्नुभएन ? त्यो त उहाँले जान्ने कुरा हो ।”

उनले अहिलेका मुस्लिम आयोगका अध्यक्षमाथि अदालतमा समेत मुद्दा रहेको र अदालतमा हस्तक्षेप नगरे उनी जेल जाने पनि दाबी गरे । उनले भने, ‘अहिलेका आयोगका अध्यक्ष ज्वाईसाहेबले एनजिओको काम गरेर बस्नुभएको छ । कहाँको हाम्रो हितमा काम गर्नु ? मुस्लिम आयोग त्यतिकै आएको होईन, वामदेव गौतमले पार्टीका नेताहरुलाई कन्भिन्स गरेपछि आएको हो ।’



प्रतिक्रिया दिनुहोस्