काठमाडौं, ११ जेठ । स्पेनिस लिग ला लिगा आगामी जुन ८ तारिखबाट सुचारु गर्न सरकारले अनुमति दिएको छ । स्पेनिस प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी जुन ८ बाट सुचारू गर्न सकिने स्पष्ट पारेका हुन् । उनले खाली रंगशालामा कडा मेडिकल प्रोटोकलका साथ लिग हुने बताएका हुन्।
यसअघि ला लिगाका अध्यक्ष जाभियर तेबासले भने ला लिगा १२ जुनबाट गर्न सकिने बताएका थिए। कोरोना भाइरसका कारण लिग १२ मार्चदेखि अनिश्चितकालका लागि स्थगित गरिएको थियो। जुन ८ मा सेभिल्ला र रियल बेटिसबीच खेल हुनेछ। एजेन्सी