Logo

वर्षा सिवाकोटी चिन्तामा



काठमाडौ, जेठ ११ । नायिका वर्षा सिवाकोटीले नेपालमा कोरोना संक्रमित दिनदिनै बढ्दै गएकोमा चिन्ता व्यक्त गरेकी छिन् । उनले संक्रमित बढ्दै जाँदा जनतामा डरको भयवह स्थिती देखिएको छ भन्दै सरकारले उचित ढंगले उपचारमा ध्यान नदिएकोमा शंका गरेकी छिन् ।

उनले आफ्नो जिज्ञासा भन्दै फेसबुकमा लेखेकी छिन्, ‘कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी छ । नेपालमा आजसम्म झन्डै ६०० जनामा कोरोना पुष्टि भएको छ । दिनहुुँ दर्जनौको संख्यामा संक्रमीत बढ्नुले स्थित भयावह देखिएको छ । यस परिस्थितिप्रति मेरो एउटा जिज्ञासा – के सबै संक्रमित आइसोलेशनमा बस्नुु भएको छ त ? के उहाँहरुको उपचार पुर्ण निगरानी र सही ढंगले भई रहेको छ त ? के उहाँहरुको को स्वास्थको जिम्मा र उपचारमा सरकारले बिशेष पहल गरेको छ त ? कि त संक्रमणको संख्या गन्ने मात्र काम भैरहेको छ ! घटाउने तिर ठोस प्रयास भएको छ त ?’ तस्वीर–फेसबुक



प्रतिक्रिया दिनुहोस्