काठमाडौं, ११ जेठ । राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जनता समाजवादाी पार्टी, नेपालका शीर्ष नेता, सांसद तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पूर्व राजा ज्ञानेन्द्र शाहको प्रखर प्रशंसक बनेको भनेर खुशी व्यक्त गरेका छन् । आज सामाजिक सञ्जाल फेशबुकमार्फत लोहनीले यस्तो बताएका हुन् । त्यस्तै, लोहनीेले अब संबिधानभित्र आलंकारिक राजसंस्था नेपालमा नभई नहुने रहेछ भन्ने चेतना डा भट्टराईमा पक्कै आउनेपनि विश्वास व्यक्त गरेका छन् ।
हेरौं उनको पोष्टमा के लेखिएको छ ? जस्ताको त्यस्तै:
१. डा बाबुराम भट्टराई पूर्व राजा ज्ञानेन्द्र ले दरबार छोडी सके पछि पनि पूर्व राजा ज्ञानेन्द्रको प्रखर आलोचकको रुपमा आफुलाई चिनाउदै आएका हुन ।
तर, आज पूर्वराजा ज्ञानेन्द्रको प्रखर प्रसंसक बनेको पढे। खुशी लाग्यो। २. अब संबिधानभित्र आलंकारिक राजसंस्था नेपालमा नभई नहुने रहेछ भन्ने चेतना डा भट्टराईमा पक्कै आउनेछ।