Logo

डा. भीमार्जुन आचार्यको प्रश्न : कतै राष्ट्र बैंकले राष्ट्रिय अखण्डताको लडाईँलाई विषयान्तर त गर्न खोजेको होइन ?



काठमाडौं, ११ जेठ । संविधानविद् डा. भीमार्जुन आचार्यले नेपाल राष्ट्र बैंकले पूर्वराजाको तस्वीर भएका नोट प्रचलनमा रोक लगाउने निर्णय गरेकोमा प्रश्न उठाएका छन् । आचार्यले सामाजिक सञ्जाल ट्विटरमार्फत पूर्वराजाहरुको तस्वीर अङ्कित नोटलाई प्रतिबन्ध गरी कतै राष्ट्र बैंकले राष्ट्रिय अखण्डताको लडाइँलाई विषयान्तर त गर्न खोजेको होइन ? भन्ने प्रश्न गरेका छन् ।

उनले भनेका छन्,’पूर्वराजाहरुको तस्वीर अङ्कित नोटलाई प्रतिबन्ध गरी कतै राष्ट्र बैंकले राष्ट्रिय अखण्डताको लडाइँलाई विषयान्तर त गर्न खोजेको होइन?आखिर यस्ता नोटहरुलाई यही समयमा निषेध गर्नु पर्ने टडकारो के थियो? यो पक्का हो यो मुलुकमा एउटा यस्तो तप्का छ जसले कहिल्यै देशको एकता र अखण्डता चाहदैन।’

नेपाल राष्ट्र बैकले पूर्वराजाको तस्वीर भएका नोट प्रचलनमा रोक लगाएको छ । राष्ट्र बैकले बैक तथा वित्तीय संस्थाहरुका नाममा आज एक सूचना जारी गर्दै पूर्वराजाको तस्वीर भएको नोट प्रयोग गर्न रोक लगाएको थियो । राष्ट्र बैकद्धारा जारी सूचनामा भनिएको छ,‘पूर्वराजाको तस्विर अंकित भएको नोटलाई पुन निस्काशन अयोग्य नोटको रुपमा वर्गिकरण गर्नुपर्नेछ र त्यस्ता नोटलाई चलनचल्तीमा पठाउनुहुँदैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot