काठमाडौं, जेठ १२ । पछिल्लो एक सातायता कोरोना भाइरस संक्रमण दर उच्च रुपमा बढेको छ । ५ जेठदेखि ११ जेठसम्मको अवधिमा तीन महिनायताकै संक्रमण दर उच्च रहेको छ ।
एक साताको अवधिमा ३ सय १३ जना संक्रमित थपिएका छन् । नेपालमा १० माघ २०७७ मा पहिलोपटक ३२ वर्षीय युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएदेखि ४ जेठसम्म संक्रमितको संख्या २ सय ९५ रहेको थियो । गत जेठमा ८० जना, ६ जेठमा २७ जना, ७ जेठमा २५, आठ जेठमा ३०, ९ जेठमा ५९, १० जेठमा ६८ र आइतबार २४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंमा उल्लेख रहेको आजको राजधानी दैनिकमा खवर छ ।