Logo

उपत्यकामै किट अभाव



काठमाडौं, जेठ १२ । उपत्यकामै कोरोना परीक्षण गर्न किट अभाव भएको छ । किट अभावमा भक्तपुर अस्पतालले आइतबारदेखि सर्वसाधारणको कोरोना परीक्षण बन्द गरेको जनाएको छ ।

भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले दुईतीन दिनदेखि नै अस्पतालमा किट अभाव भएको जानकारी दिए । उनका अनुसार आइतबारदेखि उच्च ज्वरो आई शंका लागेकालाई मात्र परीक्षण गरिएको छ । सामान्य रुपमा कोरोना परीक्षण गर्न आउनेको परीक्षण किट अभावमा बन्द गरिएको उनले जानकारी गराए ।

अस्पताललाई किट जिल्ला जनस्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरले उपलब्ध गराउने गरेको छ । ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट ल्याई जिल्ला जनस्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरले जिल्लामा किट उपलब्ध गराउँदै आएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरका प्रमुख कृष्ण मिजारले आफूहरूसँग पनि किट नभएको जनाए । आफूहरूले किट उपलब्ध गराउने जिम्मा अब स्थानीय तहका नगरपालिकाहरूलाई मात्र भएकाले अस्पताललाई दिनका लागि आफूसँग किट उपलब्ध नभएको उनले जनाएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot