काठमाडौं, जेठ १२ । एकजना पुरुषमा कोरोना संक्रमण भेटिएपछि ठमेल क्षेत्र सिल गरिएको छ । दुई महिना अघि अष्टेलियाबाट आएका ६९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । काठमाडौं महानगरपालिका वडा नम्वर–१६ को खुशिँबु टाउनप्लानिङ निष्कने कालधारा मार्ग सिल गरिएको हो ।
उनको श्रीमतीमा भने संक्रमण देखिएको छैन । वडा जनप्रतिनिधिको आग्रहपछि स्वास्थ्य परिक्षण गर्न टेकु पुगेका श्रीमान र श्रीमती मध्ये ती पुरुषमा आइतवार कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो ।