Logo

टोखा र बुढानिलकण्ठमा तीन संक्रमित थपिए, उपत्यकामा लकडाउन कडा



काठमाडौं, १२ जेठ । काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमित दिनहुँ बढिरहेका छन् । आज विहान ७२ जना नयाँ संक्रमित थपिएकामा काठमाडौंका तीनजना छन् ।

संक्रमितमध्ये टोखाका २ र बुढानिलकण्ठका एकजना छन् । तीनैजना पुरुष हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार तीनै जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा छन् । आज थपिएकासहित काठमाडौंमा १२ जना संक्रमित भइसकेका छन् । ४ जना डिस्चार्ज भइसकेका छन् ।

उपत्यकामा दिनहुँ संक्रमित बढ्न थालेपछि लकडाउन कडाई गरिएको छ । संक्रमितको सम्पर्कमा आएका घर र क्षेत्र शिल्ड गरिएको छ ।

संक्रमितको विवरण

१. काठमाडौं टोखा ३ का २७ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
२. काठमाडौं टोखा ६ का ४१ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
३.काठमाडौं बुढानिलकण्ठ ३ का ३७ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्

Screenshot