Logo

पाम आयलपछि भारतले रोक्यो नेपालबाट निर्यात हुने चिया



काठमाडौँ १२ जेठ : सीमा विवाद चर्किरहेका बेला भारतले व्यापार मार्फत नेपालसंग प्रतिवाद गर्न थालेको देखिएको छ । केही समय अघि नेपालबाट पाम आयाल निर्यात रोकेको भारतले अहिले नेपाली चिया आयातमा अघोषित प्रतिबन्ध लगाएको छ ।

भारतले चिया आयात रोकेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले जनाएको छ । बिनाकारण आयात रोकेपछि परराष्ट्र मन्त्रालय मार्फत प्रतिबन्ध फुकाउन पहल थालिएको स्रोतले बतायो ।

भारतले नेपालबाट निर्यात हुने चियामा भारतले अनौपचारिक बन्देज लगाएको छ । औपचारिक निर्णय बिना नै भारतले नेपाली चियाको आयातमा रोक लगाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । भारतले चियामा प्रतिबन्ध लगाएको चिया व्यवसायी उदय चापागाइँले मेरोलगानीलाई बताए । कोरोना भाईरसलाई जोखिम देखाउँदै अघोषित प्रतिबन्ध लगाइएको उनको भनाई छ ।

चापागाइँका अनुसार नेपालबाट वार्षिक ४ अर्ब रुपैयाँ भन्दा धेरैको चिया भारत तथा तेस्रो मुलुकमा निकासी हुन्छ । भारतमा मात्रै गत वर्ष ६३ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको व्यवसायीहरुले बताएका छन् ।मेरोलागानी File photo



प्रतिक्रिया दिनुहोस्