(अपडेट: जेठ १३, राति १ बजे)
जेठ १३, काठमाण्डौ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण हालसम्म विश्वभर ३ लाख ४८ हजार ३ सय २३ जनाको मृृृृृत्यु भएको छ । त्यसैगरी वल्डोमिटरको तथ्यांकअनुुुुसार विश्वभर ५५ लाख ८ हजार जनामा कोरोना संक्रमण फैलिएको छ ।
अमेरिकामा हालसम्म कोरोनाको सबैभन्दा बढी असर देखिएको छ । अमेरिकामा कोरोनाको कारण ९९ हजार ६ सय ३६ जनाको ज्यान गइसकेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १० हजार १ सय जनामा कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १६ लाख ९७ हजार जनामा कोरोना संक्रमण देखिएको छ ।
अमेरिकामा संक्रमित मध्ये १७ हजारको अवस्था गम्भीर रहेको छ । त्यसैगरि ४ लाख ५७ हजार जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा अमेरिकामा कोरोनाको कारण ३ सय ३६ जनाको ज्यान गएको छ । यो संख्या अघिल्ला दिनहरुको तुलनामा थोरै हो ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ३ लाख ५३ हजार जना संक्रमित भएका छन् । त्यहाँ ३ हजार ६ सय ३३ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा मात्र ९ हजार जनामा कोरोना संक्रमण देखिएको र ९२ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै हालसम्म रसियामा करिब १ लाख १९ हजार जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण २८ हजार ७ सय ५२ जनाको ज्यान गइसकेको छ । २ लाख ८२ हजार ८ सय जना मानिसमा कोरोना संक्रमण भएको छ ।
बेलायतमा बितेको २४ घण्टामा कोरोनाको कारण १ सय २१ जनाको ज्यान गएको छ । यो संख्या अघिल्ला दिनमाभन्दा कम हो । त्यहाँ कुुल ३६ हजार ९ सय १४ जनाको ज्यान गएको छ भने २ लाख ६१ हजार १ सय जनामा कोरोना संक्रमण देखिएको छ ।
ब्राजिलमा कोरोनाबाट ३ लाख ६८ हजार जना संक्रमित भएका छन् भने २२ हजार ९ सय ६५ जनाको कारोनाको कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार २ सय जना नया संक्रमित थपिएका छन् भने २ सय ४९ जनाको मृत्यु भएको छ ।
छिमेकी देश भारतमा कोरोना संक्रमणका कारण ४ हजार १ सय ७२ जनाको ज्यान गइसकेको छ, भने १ लाख ४५ हजार जनामा कोरोना संक्रमण देखिएको छ ।
बितेको २४ घण्टामा भारतमा ६ हजार ४ सय जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा भारतमा कोरोनाका कारण १ सय ४८ जनाको मृत्यु भएको छ ।
हालसम्म विश्वभर २३ लाख ३३ हजार जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । २८ लाख ७६ हजार उपचाररत मध्ये ५३ हजार १ सय जनाको अवस्था गम्भीर रहेको छ ।
पछिल्लो २४ घण्टामा विश्वभर १ हजार ८ सयभन्दा बढिको मृत्यु भएको छ । यो संख्या अघिल्लो दिनकोभन्दा थोरै हो । त्यसैगरि ६३ हजार नयाँ संक्रमित थपिएका छन् ।
संक्रमितको संख्या पनि घटेको हो । कोरोना २ सय १३ देशमा पुगिसकेको छ ।
कुन देशमा कति जनाको मृत्यु ?
इटली – ३२८७७
फ्रान्स – २८४३२
बेल्जियम – ९३१२
जर्मनी – ८४०५
टर्की – ४३६
इरान – ७४५१
मेक्सिको – ७३९४
क्यानडा – ६४५३
नेदरल्याण्ड – ५८३०
चीन – ४६३४
टर्की – ४३६९
स्विडेन – ४०२९
पेरु – ३४५६