Logo

राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन प्रस्तुत



काठमाडौँ, १३ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनसम्बन्धी वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले प्रतिवेदनमा उल्लिखित विषयहरूको प्रभावकारी कार्यान्वयनमा सरकार सक्षम हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच सोमबार प्रधानमन्त्री ओलीले गत वर्ष सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

यसैगरी, प्रधानमन्त्रीले सुरक्षा परिषद्को काम कारबाहीसम्बन्धी छुट्टै प्रतिवेदन पनि राष्ट्रपतिसमक्ष प्रस्तुत गरेका छन् । आर्थिक वर्षमा सरकारद्वारा सम्पादित प्रमुख कार्यहरू र हासिल भएका उपलब्धिहरू प्रतिवेदनमा समावेश गरिएको छ ।

प्रधानमन्त्री ओलीले सरकारको वार्षिक प्रतिवेदन र राज्यका नीति तथा दायित्वको कार्यान्वयनको स्थिति र शासकीय सुधार सुशासन कायम गर्ने सम्बन्धमा भएका काम कारबाही प्रतिवेदनमा समेटिएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्