Logo

‘सञ्चारमाध्यमको नवीकरणमा छुट देऊ’



काठमाडौँ, १३ जेठ । सुदूरपश्चिम प्रदेश पत्रकार महासङ्घको टोलीले सोमबार दार्चुलामा रहेका पत्रकारसँग अन्तक्र्रिया गरेको छ । श्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को कारण पत्रकारले भोग्नुपरेको समस्या, सुरक्षा योजना र आगामी योजनाबारे अन्तक्र्रिया गरेको हो ।

सुदूरपश्चिम प्रदेश पत्रकार महासङ्घका अध्यक्ष अर्जुन शाह, महासचिव योगेश रावललगायतको टोलीले जिल्लास्थित पत्रकारसँग जिल्लाको अवस्था र पत्रकारले खेलेको भूमिका र पत्रकारको अवस्थाबारे अन्तक्र्रिया गरेको छ । कोभिड–१९ का कारण पत्रकार पनि जोखिममा पर्ने गरेको भन्दै सुरक्षा सावधानी पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिइएको छ ।

पत्रकार महासङ्घ दार्चुलाका अध्यक्ष शङ्करसिह धामीले कोभिड सङ्क्रमणका बीचमा पनि जिल्लामा रहेका पत्रकारको भूमिका प्रशंसनीय रहेको बताएका छन् । सङ्क्रमणको अवस्थामा पनि यहाँको समस्या, भइरहेको गतिविधि र सीमा क्षेत्रको मुद्दालाई सशक्तरूपमा उठाएको अध्यक्ष धामीले बताएका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot