Logo

कांग्रेस संविधान संशोधनको पक्षमै



काठमाडौं, जेठ १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशको भूगोलका विषयमा संविधान संशोधन गर्न अघि सारिएको प्रस्तावको पक्षमा रहने संकेत गरेको छ । तर, सो विषयमा आधिकारिक निर्णय भने आगामी केन्द्रीयसमिति बैठकबाटै गर्ने कांग्रेसले बताएको छ ।आइतबार बसेको पदाधिकारी बैठकले देशको भूगोलसँग जोडिएको संविधान संशोधनका विषयमा केन्द्रीय समिति बैठकबाटै निर्णय लिने निर्णय गरेको थियो ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले संविधान संशोधन जस्तो विषयमा पदाधिकारीले मात्रै नभईकेन्द्रीय समिति बैठकबाटै निर्णय होस् भन्ने चाहेको र सोहीअनुसार हुने बताएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot