Logo

प्रेमिका लिन जाँदा गावै उल्टेर कुट्न थालेपछि ज्यान जोगाउन भेरीमा हामफालेका थिए युवकहरु



रुकुम, १३ जेठ । रुकुममा प्रेमिकालाई घरमै लिन गएका युवकको प्रेम सम्बन्ध टुटेको खुलेको छ । गत वर्षको पुसयता प्रेम सम्बन्धमा रहेका नवराज विक र मल्ल थरकी युवतीबीच पछिल्लो समय दुरी बढेको खुलेको हो । घरमै आउजाउ गर्ने गहिरो प्रेममा परेकी युवती टाढिएपछि फेरि जोडिनखोज्नु नै नवराज र उनका साथीहरुको मृत्युको कारण बन्यो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट युवती मोबाइल अफ गरी बसेपछि नवराज साथीहरुसहित घरमै पुगेका पुगेका थिए । शनिबार भएको घटनामा युवतीलाई घरबाटै लिएर आउने उद्देश्यका साथ गएका थिए । तर, युवती र उनका परिवारले अस्वीकार गरेको र गाउँले गुहारेका थिए । गाउँले उल्टिएर निस्किएपछि भागाभाग भएको थियो ।

प्रहरी स्रोतका अनुसार गाउँले गुहारेपछि उनीहरु लखेटिएका थिए । लखेट्ने क्रममा आक्रोशित गाउँलेले कुटपिट समेत गरेका थिए । ज्यान जोगाउन नवराज विक र उनका साथीहरु भेरी नदीमा फाल हालेका थिए । भेरीको भेलले प्रेमलाई घृणामा परिणत मात्र गरेन किशोर युवकहरुको ज्यान नै लियो ।

जाजरकोटको भेरी नगरपालिका ४ को रानागाउँका २१ वर्षी नवराज रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ की १७ वर्षीया मल्ल थरकी किशोरीसँगको प्रेम यति गहिरो थियो किशोरी युवकको घरमै पुग्थिन् । मेलामा भेट्दा माया बसेको थियो दुवैबीच । ठकुरीकी छोरी दलितको छोरासँगको प्रेम स्वीकार्य नहुनेमा युवकको परिवार सचेत थिए । तर, किशोरी मान्न तयार नभएको खुलेको छ । पछि उनी आफै टाढिएकी थिइन् ।

त्यसपछि नवराजको आग्रहमा १९ जना केटीको गाउँमै पुगेका थिए । केटीको घरमै नपुग्दै ढुंगामुढा भएपछि १९ जना नै भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । १९ जनामध्ये ११ जना भेरी नदीमा हामफालेकोमा ५ जना तर्न सफल भएका थिए । बाँकी छ जनामध्ये दुईजनाको शव फेला परिसकेको छ । बाँकी चार जना वेपत्ता भएका छन् ।

गाउँ पुगेकामध्ये केहीलाई प्रहरीमा बुझाएका थिए । उनीहरुसँग बयान लिने क्रम चलिरहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्