Logo

नायिका नीता ढुंगाना भन्छिन् : म मोदीको फ्यान थिएँ, सिमानाको विषयमा सत्य बोलिदिनुभयो भने फेरि सल्युट गर्छौं (भिडिओसहित)



काठमाडौं, १३ जेठ । चर्चित नायिका नीता ढुंगानाले आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फ्यान भएको बताएकी छिन् । सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नायिका ढुंगानाले यस्तो बताएकी हुन् । उनले भनिन्,’पहिलोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा उहाँले नेपाल र सारा नेपालीको मन जित्नुभएको थियो । उहाँको स्वागत र सम्मानमा सडकमा लामबद्ध भएर उभिएका नेपाली दाजुभाई तथा दिदिबहिनी र आमा बुवालाई गाडीबाट ओर्लिएर अभिवादन गर्नुभएको थियो । म त्यतिबेला उहाँको फ्यान थिएँ । म मात्रै हाईन सारा नेपाली उहाँको फ्यान थिए ।’

उनले अघि भनेकी छिन्,’मलाईमात्रै होईन, नेपालका हरेक जनतालाई मन र दिमागमा राख्न सफल हुनुभएको थियो नरेन्द्र मोदीले । मलाई एउटा कुरा अहिले याद आयो । उहाँको नाम त्यसै नरेन्द्र मोदी राखिएको होईन रहेछ क्या, नर भनेको मनुष्य र ईन्द्र भनेको राजा । मान्छेहरुको राजा । उहाँ ईण्डियाको मात्रै राजा होईन, उहाँ नेपाल आउँदाखेरि यस्तो आत्मियता देखाईदिनुभएको थियो । नेपाल र भारतबीच रोटी र बेटीको सम्बन्ध छ भन्नुभयो । उहाँले यस्तो राष्टिय भावनाको कुरा गर्नुभएको थियो । सबैजना उहाँको फ्यान भएका थिए । र, म पनि फ्यान थिएँ । कतिपय जनता फ्यान भएका थिए । हाम्रा बुढा आमाबुवापनि फ्यान भएका थिए । उहाँले नेपाल आउँदा उहाँको स्वागतमा बसेकाहरुलाई गाडीबाट ओर्लिएर नमस्कार, नमस्कार गर्दै अभिवादन गर्नुभएको थियो । त्यो कारणले हामीले उहाँलाई ईण्डियाको मात्रै होईन नेपालको पनि राजा सोचेका थियौं क्या। भोलि हामीलाई परेको खण्डमा सहयोग गर्ने भनेर सोचेका थियौं । उहाँले भारतको बारेमा मात्रै होईन नेपालको बारेमापनि सोच्नुपर्छ । आज को सही छ ? भनेर । लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकै हो । यो कुरामा हाम्रो सरकार र हामी नेपाली जनता कन्फिडेन्स छौं । र, मोदीपनि यो नेपालकै हो भन्नेमा कन्फिडेन्स हुनुहुन्छ । जब उहाँले बोल्नुहुन्छ नि, उहाँले आफ्नो नामको अर्थ राखेर बोल्नुहुन्छ कि हटाएर बोल्नुहुन्छ ? त्यो उहाँमा भर पर्ने कुरा हो । यदि उहाँले सत्य कुरा बोलिदिनुभयो भने हामी फेरी पनि सेल्युट गर्न सक्छौं । उहाँको नामअनुसार उहाँले काम गरेर देखाउनुभयो भनेर ।’

उनले नेपालको हकमा मन पर्ने प्रधानमन्त्रीमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भएको बताईन् । उनले भनिन्’यो सरकारले नेपालको नक्सा जारी गरेको छ । कसैसँग झुकेको छैन् । हाम्रो जमिन हामी फिर्ता पाउँदैछौं । हाम्रो देशको नयाँ नक्सा सार्वजनिक भएको छ । अरुसँग लडेर नडराईकन नक्सा बनाएको छ । यो हिसाबले मलाई नेकपा पार्टी मन पर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot