
काठमाडौं, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ पाँच बजे सर्वदलीय बैठक बोलाएका छन् । नेपालको नयाँ नक्साअनुसार संविधानमा निशान छाप मिलाउन सरकारले संसदमा संविधान संशोधनको लागि विद्येयक दर्ता गराईसकेको छ । त्यसकै लागि सर्वसम्मतीले संविधान संशोधन प्रस्ताव पारित गराउनको लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक डाकेको बुझिएको छ ।