एजेन्सी १३ जेठ । कारोना भाइरसको संक्रमण मुक्त पार्ने क्षमताको भनिएको केहि औषधीहरुलाई विश्व स्वास्थ्य संगठनले रद्द गरिदिएको छ । हाइड्रोक्सीक्लोरोक्वाइन र क्लोराक्वाइन औषधीलाई डब्लूएचओले अस्थायी रुपमा निलम्बित गरेको हो ।
औषधी निर्माताहरु क्लीनीकल परिक्षण गर्न तयार भइ डब्लूएचओको मान्यताको पर्खाइ रहेका थिए । डब्लूएचओका प्रमुख टेड्रसले सोमबार भएको बिफ्रिङमार्फत कारोनाविरुद्व लड्न उक्त औषधीहरु प्रभावकारी नभएको ठहर गर्दै मान्यता नदिने बताएका हुन् ।
उक्त औषधीहरु मलेरिया लागेका विरामीमाथि प्रभावकारी रहेको र सामान्य रुपमा प्रयोग गर्न सकिने जनाइएको छ । यी औषधीहरु कारोनोविरुद्व लड्न मद्दत नपुग्ने कारण निलम्बित भएको हो । डब्लूएचओले गरेकोे खोपको मानव परिक्षणमा विरामीको मृत्यु दरमा कमी नआएको कारण खोपहरु प्रभावकारी नरहेको ठहर गरेको छ । कोरोनाविरुद्व लड्न विभिन्न औषधी र खोपको निर्माण तीब्र गतीमा भइरहेको समेत डब्लूएचओले जनाएको छ । File photo