Logo

प्रतिनिधिसभाको अर्को बैठक भोलि (बुधबार) २ बजे बस्ने



काठमाडौं, १३ जेठ । प्रतिनिधिसभाको आजको बैठकले पूर्वसांसद दुर्योधनसिंह चौधरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पेश गर्नुभएको शोक प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।

विसं २०४८, २०५१ र २०५६ को प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नं १ बाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित सिंहको ७० वर्षका उमेरमा यही जेठ ९ गते निधन भएको थियो । उहाँको बुटवलस्थित गौतमबुद्ध मुटु अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । “चौधरीको निधनमा गहिरो शोक प्रकट गर्दछ र उहाँको दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ”, शोक प्रस्तावमा भनिएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १४ गते अपराह्न २ बजे बस्नेछ ।

राष्ट्रियसभाको आजको बैठकले पनि पूर्वसांसद चौधरीको निधनप्रति सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १५ गते साँझ ६ः३० बजे बस्नेछ ।



प्रतिक्रिया दिनुहोस्