Logo

जनार्दन शर्मासँग एलिजा गौतम आक्रोशित : एउटा कागजको भरमा गटटट् हात काम्दै पढेर केहीपनि नापिँदैन, नवराज भाईलाई न्याय दिनुपर्छ (भिडिओसहित)



काठमाडौं, १३ जेठ । पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमले अन्तरजातीय प्रेमको विषयलाई लिएर यही जेठ १० गते रुकुम पश्चिममा भएको अमानवीय आपराधिक घटनाका दोषीलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न आग्रह गरेकी छिन् । आज अपरान्ह सामाजिक सञ्जाल फेशबुकमार्फत लाईभ आएर एलिजाले घट्नामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सरकारसमक्ष आग्रह गरेकी छिन् ।

उनले प्रतिनिधिसभाको आजको बैठकमा सो घट्नाको बारेमा बोलेको सोही जिल्लाका सांसद तथा पूर्व गृहमन्त्री जनार्दन शर्मालाई समेत संसदमा चिच्याएर केही नहुने भन्दै घट्नास्थलमा जान र सत्यतथ्य बुझि दोषीलई कारबाहीको दायरमा ल्याउन आग्रह गरेकी छिन् । उनले भनिन,’एउटा कागजको भरमा पढेर कुरा ठोकेर हुँदैन, मेन कुरा के हो ? त्यो कुरा तपाईले जसरीपनि फोकस गरेर, अहिलेको, आजको दिनमा तपाईले यत्तिकै एउटा कागजको भरमा गटटट् हात काम्दै पढेर केहीपनि नापिँदैन । तपाई जिल्ला गएर नवराज भाईलाई न्याय दिनुपर्छ ।’

उनले आक्रोशित हुँदै भनिन्,’मान्छे मार्ने अधिकार कसलाई छ ? कसले अधिकार दिएको छ ? एकदमै नराम्रो घट्ना भयो ।’ नवराजकी आमालाई अहिले कस्तो पीडा परेको होला ? भन्ने एउटा आमालाई मात्रै थाहा हुने उनको भनाई छ ।उनले यो घट्नालाई यत्तिकै सेलाउन दिन नहुने भन्दै दोषीलाई कानूनी कठघरामा उभ्याउनुपर्ने बताईन् ।

नायिका गौतमले नवराज विकले न्याय पाउनुपर्ने पटक-पटक बताएकी छिन् । उनले आजको २१औं शताब्दीमा पनि जातीय भेदभाव र छुवाछुतको कुरा उठ्नु दुःखद् भएको भन्दै सबै नेपाली भएकोले कसैमा पनि भेदभाव गर्न नहुने तर्क गरिन् । उनले जातीय विभेदको घटनाप्रति शून्यसहनशीलता कायम गर्नुपर्ने पनि धारणा राखेकी छिन् ।

उक्त घटनामा नवराज विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढाको हत्या तथा अन्य तीन जनाको स्थिति अज्ञात रहेको छ । समाजमा जातीय विभेदको स्थितिलाई निर्मूल पार्न व्यवस्था गरिएको नेपालको संविधानले छूवाछूत तथा भेदभावविरुद्धको हक, सम्मानपुर्वक बाँच्न पाउने हक, जातीय तथा अन्य सामाजिक छूवाछूत तथा भेदभाव, नेपालपक्ष भएको सबै किसिमका जातीय भेदभाव उन्मूलनसम्बन्धी अन्तर्रा्ष्ट्रिय महासन्धि विपरीत हुन्छ ।



प्रतिक्रिया दिनुहोस्