Logo

स्याङ्जा र अर्घाखाँचीमा पहिलोपटक कोरोना भाइरसको संक्रमित भेटिए



काठमाडौं, १३ जेठ । देशका कुल ४६ जिल्लामा कोरोना भाइरसका संक्रमित भेटिइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थप दुई जिल्लामा पहिलोपटक संक्रमित भेटिएको जानकारी दिएका हुन् ।

देवकोटाका अनुसार स्याङ्जा र अर्घाखाँचीमा पहिलोपटक संक्रमित भेटिएका हुन् । नमुना परीक्षणका क्रममा दुवै जिल्लामा दुई दुई पुरुष संक्रमित पत्ता लागेका हुन् ।

अर्घाखाँचीका १९ र ४३ वर्षीय पुरुष र स्याङ्जाका २० र २९ वर्षीय पुरुष संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज एकै दिन सर्वाधिक ९० जना संक्रमित थपिएकोमा जिल्लाहरुको संख्या पनि थपिएको छ ।



प्रतिक्रिया दिनुहोस्