Logo

एमसीसीको विरोधमा उत्रिएका बैद्य समर्थक मजदुर संगठनका नेता/कार्यकर्ताहरु गिरफ्तार



काठमाडौं, १३ जेठ । प्रहरीले काठमाडौंको माईतिघर मण्डलाबाट एमसीसीको विरोधमा प्रदर्शन गर्ने मोहन वैद्य ‘किरण’ समर्थक मजदूर सङ्गठनका करिब १५ जना मजदूरहरुलाई गिरफ्तार गरेको छ । सरकारले संसदको यही अधिवेशनमार्फत एमसीसी पारित गराउने तयारी गरिरहेको बेलामा बैद्य समर्थकहरुले विरोधस्वरुप प्रदर्शन गरिरहेका छन् । उनीहरुले एमसीसी नेपालको हितमा नभएकोले उक्त सम्झौता खारेज गर्नुपर्ने माग गर्दै आएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्