
जेठ १३, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल १ लाख ५२ हजार ३ सय ९१ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । हालसम्म ५४ हजार ४ सय २४ जनाको पिसीआर परीक्षण र ९७ हजार ९ सय ६७ जनाको ¥यापिड अर्थात आरडिटी टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ८२ वटा पिसिआर परिक्षण भएको छ भने आरडिटी विधिबाट २ हजार ७ सय ७५ वटा परिक्षण भएको छ । दुवै विधि गरेर पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ५७ वटा परीक्षण भएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा करिब १ हजार ५ सय कम हो ।
अहिलेसम्म प्रदेश एकमा ११०६६, प्रदेश दुईमा ६५६१, बागमति प्रदेशमा २४२१६, गण्डकी प्रदेशमा ७७०१, प्रदेश पाँचमा १६८८०, सुदूरपश्चिम प्रदेशमा २० हजार ९ सय २५ र कर्णाली प्रदेशमा १०६१८ जनाको ¥यापिड टेस्ट सम्पन्न भएको छ ।
मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा ५५ हजार २ सय ८२ जना रहेका छन् । बागमति प्रदेशमा सबैभन्दा कम जम्मा ९ सय ६४ जना क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा धेरै प्रदेश पाँचमा करिब २३ हजार ५ सय ८९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । पछिल्लो २४ घण्टामा क्वारेन्टाइनमा करिब ९ हजार जना थपिएका छन् ।
सोमबार साँझ ५ बजेसम्म प्रदेश एकमा ६०, प्रदेश दुईमा १९१, बागमति प्रदेशमा २६, गण्डकी प्रदेशमा ५, प्रदेश पाँचमा २६३, कर्णाली प्रदेशमा २५ र सुदूरपश्चिम प्रदेशमा १२ जना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ । त्यसैगरी अहिलेसम्म प्रदेश एकमा २६, प्रदेश दुईमा ७६, बागमति प्रदेशमा ११, गण्डकी प्रदेशमा २, प्रदेश पाँचमा ३५ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।
नागरिकले कोरोनासम्बन्धी गुनासो गरुन भनेर सरकारले संचालन गरेको हाम्रो स्वास्थ्य नामको मोबाइल एप्स र वेवसाइटमार्फत स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या हालसम्म ४९ हजार ५ सय ३० जना पुगेको छ । रेडजोनमा रहेकाहरुको कन्टयाक्ट ट्रेसिङ गर्ने काम इपियोडोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरिरहेको छ । अहिलेसम्म एप्स र वेवसाइटमा स्वमूल्याङ्कन गरेर रेडजोनमा परेकाहरुमा कोरोना पोजेटिभ भेटिएको छैन । अहिलेसम्म कूल ४ सय ५५ जना रेडजोनमा परेका छन् ।