Logo

अमेरिकामा मृतकको संख्या १ लाख नाघ्यो, यस्तो छ सबै देशको तथ्याङ्क



(अपडेट: जेठ १४, राति १ बजे)
जेठ १४, काठमाण्डौ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण अमेरिकामा मात्रैै १ लाखभन्दा बढिको मृत्युु भएको छ ।

अमेरिकामा आज मृतकको संख्याले एक लाखको आंकडा पार गरेको हो । त्यहाँ अहिलेसम्म १ लाख २ सय जनाको मृत्यु भएको छ ।

विश्वभर भने ३ लाख ५० हजारको मृृृृृत्यु भएको छ । त्यसैगरी वल्डोमिटरको तथ्यांकअनुुुुसार विश्वभर ५६ लाख ४५ हजार जनामा कोरोना संक्रमण फैलिएको छ ।
अमेरिकामा हालसम्म कोरोनाको सबैभन्दा बढी असर देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १० हजार जनामा कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १७ लाख १६ हजार जनामा कोरोना संक्रमण देखिएको छ ।

बितेको २४ घण्टामा अमेरिकामा कोरोनाको कारण ४ सय १६ जनाको ज्यान गएको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ३ लाख  ६२ हजार ३ सय जना संक्रमित भएका छन् । त्यहाँ ३ हजार ८ सय ७ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा मात्र ९ हजार जनामा कोरोना संक्रमण देखिएको र १ सय ७४ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण २७ हजार १ सय १७ जनाको ज्यान गइसकेको छ । २ लाख ८३ हजार  ३ सय जना मानिसमा कोरोना संक्रमण भएको छ ।

बेलायतमा बितेको २४ घण्टामा कोरोनाको कारण १ सय ३४ जनाको ज्यान गएको छ । त्यहाँ कुुल ३७ हजार ४८ जनाको ज्यान गएको छ भने २ लाख ६५ हजार २ सय जनामा कोरोना संक्रमण देखिएको छ ।

ब्राजिलमा कोरोनाबाट ३ लाख ७८ हजार जना संक्रमित भएका छन् भने २३ हजार ६ सय २२ जनाको कारोनाको कारण मृत्यु भएको छ ।

छिमेकी देश भारतमा कोरोना संक्रमणका कारण ४ हजार ३ सय ४९ जनाको ज्यान गइसकेको छ, भने १ लाख ५० हजार ७ सय जनामा कोरोना संक्रमण देखिएको छ ।
बितेको २४ घण्टामा भारतमा ५ हजार ८ सय जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा भारतमा कोरोनाका कारण १ सय ७७ जनाको मृत्यु भएको छ ।

हालसम्म विश्वभर २४ लाख ८ हजार जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । २८ लाख ८६ हजार उपचाररत मध्ये ५३ हजार जनाको अवस्था गम्भीर रहेको छ ।
पछिल्लो २४ घण्टामा विश्वभर २ हजार ४ सयभन्दा बढिको मृत्यु भएको छ । यो संख्या अघिल्लो दिनकोभन्दा धेरै हो । त्यसैगरि ६१ हजार नयाँ संक्रमित थपिएका छन् ।

कोरोना २ सय १३ देशमा पुगिसकेको छ ।

कुन देशमा कति जनाको मृत्यु ?

इटली – ३२९५५

फ्रान्स – २८५३०

बेल्जियम – ९३३४

जर्मनी – ८४७६

टर्की – ४३९७

इरान – ७५०८

मेक्सिको – ७६३३

क्यानडा – ६६३७

नेदरल्याण्ड – ५८५६

चीन – ४६३४

टर्की – ४३९७

स्विडेन – ४१२५

पेरु – ३६२९



प्रतिक्रिया दिनुहोस्