Logo

बिरालोमा कोरोना संक्रमण



एजेन्सी, १४ जेठ । बिरालोमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको छ । रुसमा घरपालुवा बिरालोमा कोरोना संक्रमण देखिएको हो ।

रुसी अधिकारीहरुले संक्रमण पुष्टि भएपछि बिरालोलाई क्वारेन्टाइनमा राखिएको जनाएका छन् । बिरालोका मालिकलाई बिरालोमा कारोना संक्रमणको शंका लागेको कारण बिरालोको पिसिआर परिक्षण गर्न गएका थिए ।

बिरालो वा अन्य जनावरको संक्रमण पत्ता लगाउने पिसिआर माध्यम नै हुने गर्दछ । बिरालोको स्वाब परिक्षण गर्दा संक्रमण देखापरेको हो । मानिसबाट मानिसमा सर्ने संक्रमण रहेको कोरोना भाइरस जनावरबाट मानिसमा सर्ने कुनै प्रमाण नरहेको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ । बिरालोमा देखिएको संक्रमण जन्मजात बिरालोमा हुन सक्ने अनुमान लगाइएको छ । संक्रमित जनावरको समेत परिक्षण गर्न नयाँ उपाय र किटको व्यवस्था समेत मिलाइएको छ । हालै जनावरहरुमा ठूला मात्रामा अनुसन्धान आवश्यक नरहेको डब्लूएचओले स्पष्ट गरेको छ । Photo Source :  Science Alert



प्रतिक्रिया दिनुहोस्