Logo

शान्ति सेनामा खटिएका तीन नेपाली सैनिकलाई कोरोना संक्रमण



काठमाडौँ, १४ जेठ । राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका तीन नेपाली सैनिकलाई कोरोना संक्रमण भएको छ । माली र दक्षिण सुडानमा खटिएका सैनिकलाई संक्रमण भएको हो ।

सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेका अनुसार नेपालभित्र ४ र राष्ट्रसंघीय शान्ति स्थापनार्थ खटिएका ३ सैनिकमा कोरोना भाइरस संक्रमण देखिएको हो । केही दिनअघि मध्यपूर्वी पृतनामा दुई जना र मंगलबार बारामा एक जना संक्रमित भएका थिए । मध्यपूर्वी पृतनाका उच्च अधिकारीलाई नै संक्रमण भएको हो ।

प्रवक्ता पाण्डेले शान्ति स्थापनार्थ मालीमा बुधबार २ र दक्षिण सुडानमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेनाले मध्यपूर्वी पृतनाका २ सय १९ सैनिकहरुको स्वाब संकलन गरी परीक्षण गरेको र नतिजा आउन बाँकी रहेको जनाएको छ । यस्तै ३ सय ४० जनाको आरडीटी परीक्षण गर्ने योजना रहेको प्रवक्ता पाण्डेले बताए ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्