Logo

अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गोली हान्ने आदेश कार्यान्वयन नगराउन सर्वोच्चको आदेश



काठमाडौं, १४ जेठ । सर्वोच्च अदालतले अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गोली सम्म हान्न सक्ने गरी जिल्ला प्रशासन कार्यालय पर्साले गरेको आदेश कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । आज सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको एकल इजलाशले उक्त आदेश जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साले अस्पतालबाट भाग्ने कोरोना संक्रमिलाई गोली सम्म हान्ने आदेश जारी गरेपछि सर्वोच्चमा मुद्दा परेको थियो । त्यसमाथि बहस भई आज आदेश जारी गर्दै सर्वोच्चले गोली हान्न सक्ने आदेश तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनेको छ ।

सर्वोच्चले अन्तरिम आदेशमा मान्छेको बाँच्न पाउने अधिकार हनन गर्न नमिल्ने भन्दै उक्त आदेश जारी गरेको बहसमा सहभागी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए । उनले जीवनसँग लडिरहेको संक्रमितलाई गोली हान्ने आदेश दिनु न्यायसम्मत, संविधानसम्मत, विवेकसम्मत र नीतिसम्मत पनि नहुने जिकिर गरे । उनले कानुनको बदनियतपूर्ण र दुषिध प्रयोग गर्न खोजिएको भन्दै बहस गरेका थिए ।

यसैगरी, आजै सम्पुर्ण नागरिकहरुलाई स्यानिटाइजर, मास्क, अति आवश्यक ओखतीहरु सहज एवं निःशुल्क उपलब्ध गराउनु भन्ने रिटमा समेत बहस भई मुद्दामा अन्तरिम आदेशको सुनुवाईका लागि सरकारलाई उपस्थित हुन अदालतले आदेश जारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्