Logo

सुदूरपश्चिममा थप तीन जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या २० पुग्यो



कैलाली, जेठ १५ । कैलालीको धनगढीको प्रयोगशालामा गरीएको परीक्षणमा थप तीन जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका अनुसार कैलालीका दुई जना र दार्चुलाका एकजना पुरुषमा कोरोना पुष्टि भएको छ ।

संक्रमितहरु कैलालीको जानकी गाउँपालिकाका २५ र ३० बर्षीय पुरुष तथा दार्चुलाको महाकाली नगरपालिका वडा नम्वर ५ का २१ बर्षीय युवक रहेका छन् ।संक्रमित तीनै जना भारतबाट आएको खुलेको छ।

योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमतिको सङख्या २० पुगेको छ।



प्रतिक्रिया दिनुहोस्