Logo

भारतमा अलपत्र परेका ४ हजार भन्दा बढी नेपालीको उद्धार



कैलाली, १४ जेठ : कैलालीको त्रिनगर नाकाबाट आज पनि ठूलो सङ्ख्यामा नेपालीको उद्धार गरिएको छ ।

स्थानीय प्रशासनको समन्वयमा भारतमा अलपत्र परेका चार हजार ७९६ जना नेपालीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । उद्धार गरिएका कसैको पनि कोरोना सङ्क्रमणको परीक्षण हुन नसकेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो ।

त्रिनगर भन्सार क्षेत्र सेनिटाइज गरियो

धनगढी उपमहानगरपालिका सरसफाइ शाखाका कर्मचारीसहितको टोलीद्वारा कैलालीको त्रिनगर भन्सार नाका क्षेत्रमा सरसफाइ तथा सेनिटाइज गर्ने काम गरिएको छ । उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडको अगुवाइमा भन्सार नाका क्षेत्रमा सरसफाइ तथा सेनिटाइजको काम गरिएको बताइएको छ ।

सीमामा अलपत्र परेकालाई खाना खुवाएका पेपर, प्लेट, पानीका बोतल, चाउचाउ बिस्कुटलगायतका खोस्टाले भन्सार क्षेत्र छेउछाउ फोहर बढेसँगै सरसफाइ र सेनिटाइज गर्ने काम गरिएको नगर प्रमख वडले बताउनुभयो ।

उपमहानगरपालिकाले बजारका मुख्य सडक र टोल टोलमा समेत यसअघि औषधि छर्किने काम गरिसकेको जनाइएको छ । राससFile photo



प्रतिक्रिया दिनुहोस्