Logo

कोरोना उपचारको लागि ६ अर्ब बजेट विनियोजन



काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका छन् । कोराना सङ्क्रमणको महामारीका बीच समाजिक दूरी कायम गरी व्यवस्थापन गरिएको सङ्घीय संसद्को संयुक्त बैठकमा मन्त्री खतिवडाले आज बजेट प्रस्तुत गरेका हुन् ।

अर्थमन्त्री डा खतिवडाले प्रस्तुत गर्नुभएको यो तेस्रो बजेट हो । उनले उच्च जोखिमयुक्त क्षेत्रमा परिक्षणको दायरा बढाउने, औषधी उपचारको ब्यवस्था गर्न क्वारेन्टाइनको ब्यवस्था तथा देशभर नै भरपर्दो उपचार सेवा दिन आवश्यक ब्यबस्था गर्न छ अर्ब बजेट छुट्याइएको स्पष्ट पारे ।  कोरोना लगायत अन्य संक्रमणका बिरुद्ध काम गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुकालागि ५ लाख सम्मको नि:शुल्क स्वास्थ्य बीमा समेत ब्यवस्था गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्