Logo

बजेटबारे बाबुरामको टिप्पणी : ‘क्यान्सरको रोगीलाई सामान्य झारफुक गरेजस्तो भयो’



काठमाडौं, १५ जेठ । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकराले आर्थिक वर्ष २०७७ ७८ को लागि आज ल्याएको बजेट विगतकैजस्तो भएको टिप्पणी गरेका छन् । उनले यो बजेट क्यान्सरको रोगीलाई सामान्य झारफुक गरेजस्तो भएको पनि बताए ।

त्यस्तै, उनले बजेटले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न कठिन हुने टिप्पणी गरेका छन् । उनले स्वास्थ्य क्षेत्रमा गत वर्षभन्दा २२ अर्ब रुपैयाँमात्र बढी विनियोजन गरेर कोरोना महामारीको समस्या समाधान गर्न नसकिने पनि भट्टराईले बताए ।

संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले भने,‘२२ अर्ब रुपैयाँबाट यति ठूलो संकटको उपचार गर्छु भन्ने असम्भव कुरा हो । फोकस पुगेन ।’ त्यस्तै, उनले कृषि क्षेत्रमा पनि बजेट नपुगेको गुनासो गरे । उनले बजेट बिगतकै निरन्तरता भएको पनि उनले टिप्पणी गरे ।
PHOTO BY: MUKUNDA KALIKOTE-ReportersNepal.com



प्रतिक्रिया दिनुहोस्