Logo

कोरोनाकालको बजेट देशको हितमा छैनः पूर्व अर्थमन्त्री कार्की



काठमाडौं, जेठ १६ । पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले हिजो घोषणा गरेको बार्षिक बजेटलाई सामान्य अवस्थाको असामान्य बजेटको संज्ञा दिएका छन् ।

कोरोनाका कारण सवै पक्ष प्रभावित भएपनि त्यसको व्यवस्थापनका लागि जति केन्द्रीत हुनु पर्ने हो त्यही नभएको उनको ठम्याई छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै उनले स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकता दिएपनि पर्याप्त नभएको तर्क गरे । उनले बजेटमा उल्लेख गरिएका धेरै विषय कार्यान्वयन हुनेमा आशंका समेत व्यक्त गरेका छन् ।

सरकारले मुलुकलाई नयाँ तरिकाले अगाडी बढाउनका लागि ठूला ठूला आँट गर्नु पर्नेमा कुनै आँट नगरेको पूर्वअर्थमन्त्री कार्कीको भनाई छ ।

एमसीसीको सम्झौता गरेका तत्कालिन अर्थमन्त्री कार्कीले एमसीसीदेशका लागि अत्यावश्यक र देशकोहितका लागि नै भएको दावी गरेका छन् । ।



प्रतिक्रिया दिनुहोस्

Screenshot